बिएल संवाददाता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि कारबाही गर्ने तयारी गरेको छ।
निर्वाचन प्रहरीको पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदका विषयमा परेको उजुरीमाथि संसदीय समितिमा छलफलका क्रममा नेपाल प्रहरीका आईजीपीमाथि गरेको अमर्यादित प्रश्नका कारण सुनार विवादमा परेका हुन्।
संसदको लेखा समितिले प्रहरीबाट खरिदसम्बन्धी कागजात मगाएर उजुरीमाथि अनुसन्धान थाले पनि सुनारले सरकार र पार्टीकै हुर्मत लिन खोजेपछि रास्वपाले कारबाही प्रक्रिया अघि बढाएको एक पदाधिकारीले बताए।
पहिलोपटकका लागि सुनारको आचरण र शैलीले सिंगो पार्टी र सरकारमाथि प्रश्न उठेकाले उनलाई स्पष्टीकरण सोधेर सचेत गराउन लागेको ती पदाधिकारीले बताए।
सांसदको अमर्यादित शैलीका सम्बन्धमा सभामुखले पनि ध्यानाकर्षण जनाइसकेका छन्। सुनारको अमर्यादित शैलीबारे गृहमन्त्रीले सार्वजनिक रुपमै असन्तुष्टि पोखिसकेका छन्।
सांसदको अमर्यादित शैलीका सम्बन्धमा संसदका प्रमुख सभामुखले पनि ध्यानाकर्षण जनाइसकेका छन् भने गृहमन्त्रीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्।
गृहमन्त्रीको असन्तुष्टिपछि सुनार थप आक्रामक बनेका छन्। उनले सिंहदरबारमा बसेर न्यायाधीश नबन्न चेतावनी दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया