शनिबार, २२ अगस्ट २०२६

प्रधानमन्त्री मुस्ताङ जाने बाटोमा पहिरो

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध बनेको छ।

शुक्रबार सडकमार्गबाटै पोखरा आएका शाह पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए। आज बिहान उनी मुस्ताङका लागि निस्केका छन्।

निजी भ्रमणमा निस्केका प्रधानमन्त्री शाह शनिबार पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका छन्।

मुस्ताङ जाने बेनी–जोमसोम सडक खण्ड बिहानैदेखि अवरूद्ध छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा माथिबाट खसेको लेदोसहितको पहिलो हटाएर बाटो सञ्चालन गरिए पनि म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा पनि लेदोसहितको पहिलो खसेर सडक अवरुद्ध छ।

म्याग्दीकी निमित्त प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीका अनुसार एक घण्टामै पहिलो हटाएर यातायात सञ्जालन गर्ने गरी पहिरो पन्छाउने काम सुरु भइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!