बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा मन्त्री बनेका तीन जना सांसदहरूलाई कारबाही गरेको छ।
पार्टी केन्द्रको पटक पटकको निर्देशन, ह्वीप र केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय उल्लंघन गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।
पार्टीका सांसदत्रय राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम आजबाट पदमुक्त गरिएको राप्रपाले जनाएको छ।
राप्रपा केन्द्रको निर्देशनविरुद्ध विद्रोह गर्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बन्न समर्थन गरेका थिए। थापालाई यसअघि नै पार्टीले कारबाही गरिसकेको छ।
तीन जना सांसदहरूलाई गरिएको कारबाहीबारे प्रदेशसभा सचिवालयमा दर्ता गराइएको र उपसभामुखलाई समेत जानकारी गराइएको राप्रपाले बताएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया