बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महामन्त्री थापाले यसकाे दोष व्यवस्थाको नभइ व्यवस्था चलाउने पात्र र प्रवृतिको भएकाे बताए।
बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय भएकाे भन्दै उनले समीक्षा र प्रण गर्न आग्रह गरे।
‘आज १७औं गणतन्त्र! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
उनले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन्।
महामन्त्री थापाले लेखेका छन्:
२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !
आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं।
यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस्।
गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया