बिएल संवाददाता
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन्।
राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे।
केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। जसमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) तथा निर्वाचन निर्देशिका–२०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न पश्चात् निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य–सचिव राजु कटुवाल तथा सदस्य सुजन लोप्चनले मत परिणाम प्रमाणीकरण गर्दै थापा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।
सभापतिमा निर्वाचित भएपछि वरिष्ठ सभापति विश्वप्रकाश शर्माले गगनलाई शुभकामना दिएका छन्।
उनले भनेका छन्–
यात्राको शुरूवात हो, लक्ष्यको प्राप्ति होइन!
हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाईl अफ्ट्यारा आउँछन्, सामना गर्नुछ संयमलेl जोड्नु छ भिन्न मत र मनहरूl पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी l ईमानदार रहनुछ इतिहासप्रति, संभव तुल्याउनु छ समुन्नतिl हामीले ‘सक्नुपर्छ र सक्नेछौं’ l अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्द छौं साथमाl लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया