बिएल संवाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भइ पल्टिँदा सातजना घाइते भएका छन्।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो।
करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही दिशाबाट आउँदै गरेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकलाई समेत ठक्कर दिन पुगेको थियो। दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा दार्चुला मालिकार्जुन–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछाम साँफेबगर–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुला मार्मा–३ का ३० वर्षीय भगवती अवस्थी तथा सोही ठाउँका ४८ वर्षीय धनञ्जय जोशी, कैलाली लम्कीचुहा–८ की २९ वर्षीया निर्मला खड्का, बस चालक कैलाली गौरीगंगा–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक कैलाली गोदावरी–१ का ४६ वर्षीय मोहन जोशी रहेका छन्।
घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनापछि पनि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया