बिहिबार, २९ अक्टोबर २०२६

एनपीएलः कर्णालीले टस जित्यो, विराटनगर ब्याटिङमा उत्रियो

News Image
• • •

कीर्तिपुरमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीचको खेल सुरु भएको छ।

कर्णालीले टस जितेर बलिङ रोजेपछि विराटनगर ब्याटिङमा उत्रिएको छ।

दुवै टीम आफ्नो दोस्रो खेल खेल्दैछन्। यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो। कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!