बिएल संवाददाता
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाका सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।
समितिको सचिवालयका अनुसार बैठक आगामी सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
गत असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो। त्यतिबेला भारत: डा. निश्चलनाथ पाण्डे, चीन: कल्याणराज शर्मा, अमेरिका: चिरनजंग थापा, बेलायत: गौरवशमशेर जबरा, जर्मनी: सरु जोशी, इजरायल: सुरेशकुमार कर्ण, ओमान: डा. पदमाक्षी राणा, दक्षिण कोरिया: प्रा. डा. संगम श्रेष्ठ, स्पेन: प्राप्ति शेरचन, श्रीलंका: डा. मञ्चलाकुमारी झाको नाम अनुमोदन हुँदा साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका चुडामणि खरेलको नाम अस्वीकृत भएको थियो।
जापानका लागि प्रस्तावित राजदूत थापाले सुनुवाइका क्रममा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण उपलब्ध नगराएको भन्दै सुनुवाइ होल्ड गरिएको थियो।
प्रस्तावित राजदूत थापाको स्थायी बसोबास अनुमतिपत्र त्याग गरेको विषयका साथै परिवारको पीआर, जापानमा घर–सम्पत्ति रहेको, त्यहाँको सरकारी निकायबाट तलब बुझेको तथा स्थानीय तहको सल्लाहकार रहेको लगायत सम्बन्धमा समितिमा उजुरी परेको थियो।
थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि यसबारे स्पष्ट हुन संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विरण मागेको थियो।
संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत पठाएको पत्रको जवाफ जापान सरकारबाट प्राप्त भइनसकेको अवस्थामै सुनुवाइ समितिको बैठक आह्वान भएको हो।
सरकारले असोज २ गते थापासहित १३ जनाको नाम राजदूतका लागि सिफारिस गरेको थियो। कातिक १९ गते समितिले नाम प्राप्त गरेको ४५ दिन पुग्दैछ। त्यसअघि नै प्रस्तावित राजदूतबारे समितिबाट निर्णय नभए सरकारलाई राजदूत नियुक्ति गर्ने बाटो खुल्छ।
त्यस अगाडि नै प्रस्तावित राजदूत थापाबारे निर्णय लिन समितिको बैठक बस्न लागेको हो।
संसदीय सुनुवाइ समितिमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका तीन सदस्य छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया