बिएल संवाददाता
नेपाल प्रहरी हेडक्वार्टरले सुरक्षा संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
आईजीपीको सचिवालयका तर्फबाट प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै प्रहरीलाई विवादमा पारेर सरकारविरुछ खेल्न सकिन्छ कि भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाही ल्याउने चेतावनी दिएका हुन्।
विज्ञप्तिमा सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन प्रतिबद्ध र जिम्मेवार रहेको बताइएको छ।
केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूप्रति हेडक्वार्टरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति–
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया