बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आन्दोलनबाट सरकार बदल्ने पार्टीको सोच नरहेको स्पष्ट पारेका छन्।
पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय बाटोबाट सरकार बदलिने सम्भावना नभएकोले एमालेले साईँसाईँ सुइँसुइँ गर्ने कुरा नभएको बताए।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, उहाँहरूसँग प्रचण्ड बहुमत छ। अब उहाँहरूकै पार्टीभित्र आन्तरिक द्वन्द्व सिर्जना भयो, उहाँहरूले नै विकल्प खोज्नुभयो भने त्यो उहाँहरूको मामला हो। त्यसमा हामी साईँसाईँ सुइँसुइँ गर्ने कुरा भएन।’
उनले सरकारका काम कारबाहीले जनतामा आक्रोश क्रमशः बढ्दै गइरहेको बताए। उनले एमालेको राष्ट्रिय भेला आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रीत गरेर गर्न लागेको बताए। भेलाले जनविरोध काम गर्ने सरकारलाई दबाब दिने काम गर्ने उनको भनाइ थियो।
‘यदि सरकारले गलत क्रियाकलाप अगाडि बढाउँदै गयो। जनस्तरबाट प्रतिवाद हुँदै गयो भने कहिलेकाहीँ सडकबाट पनि सरकारहरू बदलिएका छन्, जसरी यो सरकार आउने वातावरण बन्यो। तर त्यो दुर्भाग्यपूर्ण बाटो हो, एमाले त्यो बाटो हिँड्दैन। त्यसकारणले अहिले हामी सरकार बदल्ने, सरकारमा जाने भन्ने त्यो सोचै छैन। सरकारतिर हाम्रो आँखा नै छैन, सरकार बदल्ने हाम्रो एजेन्डै होइन,’ उनले भने, ‘गएको सात–आठ महिनामा थुप्रै आलोचनात्मक अवस्था पनि सरकारको सिर्जना भइससकेको छ। त्यसमा पार्टीले एउटा धारणा बनाउँछ। सरकारले गरेका गलत कामका विरुद्ध एउटा दबाब सिर्जना गर्ने काम हामी गर्छौं।’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया