बिएल संवाददाता
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ।
सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो।
सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो।
हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराएका थिए।
पाकिस्तानका प्रधानमन्त्रीले १९औं सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गरेकाे सचिवालयले जनाएको छ।
यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव विनयमोहन क्वात्रा, अर्का सचिव जयदीप मजुमदार तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर सचिवालयका गतिविधिबारे जानकारी दिएका थिए।
ती अवसरमा भारतीय नेतृत्व तथा अधिकारीहरूले सार्क प्रक्रियाप्रति समर्थन जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया