बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाइ, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ’, उनले भने।
सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया