बिएल संवाददाता
एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’मा आज उनले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताएका हुन्।
अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए। समाजका हरेक क्षेत्रमा महिलाले खरोरूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उनको भनाइ थियो।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिकरूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया