
बिएल संवाददाता
एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’मा आज उनले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताएका हुन्।
अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए। समाजका हरेक क्षेत्रमा महिलाले खरोरूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उनको भनाइ थियो।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिकरूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया