
बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए।
नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरे।
‘कसैप्रति भेद्भाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ’, उनले भने।
अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया