बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउँदै बजेटबारे खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिए।
‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरीबतिर देश गएपनि के भयो र? हामी सरकारमा छँदैछौँ भनेर हुन्छ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति? त्यसमा कस्तो छ बजेटको विनियोजन? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ’, उनले भने।
उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे। उनले अर्को प्रसंगमा प्रतिक्रियावादीहरुले पार्टीको बारेमा नयाँ-नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप लगाए। उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले पाँच अर्ब खाइसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि? तर, पाँच अर्ब केपी ओलीले खायो, खाने भयो भनेर।’
ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरि लागिरहेको बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया