बिएल संवाददाता
नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताएका छन्।
अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले साेमबार आयोजना गरेको कार्यक्रममा उनले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली विशेषताको समाजवादलाई कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पारे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि समाजवादी मोर्चा हुँदै वैचारिक दृष्टिकोण र विचार मिल्ने समूह तथा राजनीतिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने भन्दै त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने धारणा राखे।
उनले आफ्नो पार्टीले समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला सारेको बताए।
पार्टीका सम्मानित नेता झलनाथ खनालले सहमतिका साथ नेतृत्व निर्माणका लागि पार्टीको दस्तावेज तयार गरिएको र अझै परिस्कृत गरेर पारित गरिने बताए।
पूर्वप्रधानमन्त्री रहेका नेता खनालले एउटा वैचारिक राजनीतिक कार्यदिशाका साथै नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता र सहमति खोज्नुपर्ने उल्लेख गरे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया