बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिवको नेतृत्वमा ३० सदस्यीय टोली छिमेकी मुलुक चीन जाने भएकाे छ।
उपमहासचिव विष्णु रिमालको नेतृत्वमा जाने टोलीको भीसा र टिकेटिङ्ग भइसकेको छ।
टोलीमा सहभागी एक सदस्यका अनुसार अबको तीन/चार दिनभित्र रिमाल नेतृत्वको यो टोली बेइजिङ्ग प्रस्थान गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा गत वर्ष महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए। यसपटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो।
प्राप्त विवरणअनुसार टोलीमा स्थायी समिति सदस्य भानुभक्त ढकाल, बाजुराका जिल्ला अध्यक्ष तथा सांसद लालबहादुर थापा, मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल र उपसचिव आरती भण्डारी छन्।
त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष राजन भुर्तेल, गुल्मीका बालचन्द्र काउछा, किसान महासंघका अध्यक्ष प्रेम दंगाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, तेह्रथुमका विदुर सुब्बा, पेशागत महासंघकी इञ्चार्ज तथा महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य, अखिल नेपाल महिला संघकी महासचिव पेम्बा लामा र काभ्रेबाट युवा संघका केन्द्रीय सदस्य अमित लामासहित ३० छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया