बिएल संवाददाता
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन्।
सोमबार बिहान परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेइडोङसहित चिनियाँ प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका हुन्।
उनी काठमाडौँमा मंगलबार हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन्।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।
यसैगरी चिनियाँ उपविदेशमन्त्री वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया