बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र आफूहरूलाई सैह्य नहुने बताएका छन्।
बालुवाटारमा भएको समाजवादी मोर्चाको बैठक सकेर पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले भने ‘सहमति पनि गर्ने अनि घेराबन्दीमा पार्ने खालको सरकारको दोहोरो चरित्र चल्दैन।’
उनका अनुसार त्यसबारे थप छलफल र निर्णय आजै साँझ बस्ने मोर्चाको बैठकले गर्नेछ।
२०७६ सालमा दायर भएको एउटा मुद्दामा चन्दलगायत उनका पार्टीका नेता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंले मंसिर तेस्रो साता ३५ दिने पक्राउपूर्जी जारी गरेको थियो।
२०७७मा उनी र उनका पार्टीका नेताविरुद्ध लगाइएका सबै मुद्दाहरू खारेज हुने गरी तत्कालीन केपी ओली सरकारले सहमति गरेपछि उनी सार्वजनिक राजनीतिक जीवनमा फर्किएका थिए।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीसहित ‘समाजवाद’को अवधारणा बोकेका पार्टीहरूको समाजवादी मोर्चामा विप्लव समूहको पार्टी पनि एउटा घटक हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया