बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन्।
अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए। नेपाली कांग्रेस बाजुराद्वारा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका छन्। 'दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ', महामन्त्री शर्माले भने।
महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा देश बनाउने भिजन अबको १५ वर्षभित्रमा बनाउन आग्रह गरेका छन्।
उनले भने, 'विद्यार्थीले पढाइमा चिन्ता गर्ने हो, परीक्षाको होइन। जसले परीक्षाको चिन्ता गर्छ त्यो अब्बल विद्यार्थी होइन।'
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया