बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को चुनावको मतगणनाका क्रममा फेरि तनाव भएको छ।
मतपत्र गन्ने क्रममा प्रतिनिधिले मतपत्रमा पानी खन्याइदिएपछि लफडा भएको हो। मधेश प्रदेशमा जारी मतगणनाका क्रममा खसेको मतभन्दा मतपत्र कम भेटिएपछि तनाव भएको हो।
मधेशमा १५९ मत खसेकोमा १५४ मत मात्र भेटिएपछि विवाद भएको हो। अध्यक्षका उम्मेद्वार हेमन्त राई पक्षका एक विद्यार्थी नेताका अनुसार जनार्दन पक्षले जित्ने निश्चित भएपछि माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत गुटले मतपत्रमा पानी खन्याएको दाबी गरे।
महासचिवका उम्मेदवार सञ्जय महतोका प्रतिनिधिले मतपेटिकामा पानी खन्याएका उनको दाबी छ।
मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन्। हेमन्त राईले ४१, विजयप्रकाश शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन्।
मतपत्रमा पानी खन्याएपछि पुनः निर्वाचनको माग बढेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया