बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उपमहासचिव वर्षमान पुनलाई साथ लिएर पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्।
सैनिक हेलिकोप्टरमा तेह्रथुम जान लागेका उनीहरू सोमबार (आज) र मंगलबार तेह्रथुमका तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ।
आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गरेर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने र आठराई-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ।
मंगलबार बिहान आठराई-६ मा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र प्रचण्डले कन्दङवाको शालीक अनावरण गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
तेह्रथुमका कार्यक्रम सकेर उनीहरू मंगलबार नै काठमाडौं फर्किने सचिवालयले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया