बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे अनावश्यक हल्ला फैलाउने काम भइरहेको भन्दै गुनासो गरेका छन्।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन्।
उनले भने, ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो। तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ।’
आफू अहिले पनि रुघाखोकीले राम्रो निको भइनसकेको तर, जे आशले आईसीयूमा देखाउँछन्, त्यो पूरा नहुने उनले बताए।
‘तपाईंहरूले पनि देख्नु/सुन्नुभयो होला। मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन। एन्टिबायोटिक खाँदा अलिक कमजोर (विक) बनाएको छ, कुरा त्यत्ति हो। जे आशमा साथीहरूले ती तस्बीर देखाउँछन्। तर, त्यो पुग्नेवाला छैन्,’ ओलीले भने।
चिसोका कारण घाँटीमा समस्या आएर चार दिनदेखि ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया