बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले ०८४ सालमा नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन्।
सोमबार बुढानीलकण्ठमा आफ्नै ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ मा उथलपुथल हुने र आफूहरूमा नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना रहेको बताएका हुन्।
उनले भने, ‘०८४ सामान्य हुँदैन। उथलपुथल हुन्छ। कायाकल्प हुनसक्छ। नेपालको राजनीतिलाई आकाशबाट धर्तीमा उभ्याउन चाहन्छौँ। आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ।’
चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महशुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताए। उनले अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्यसहित ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गरिएको बताए।
उनले भने, ‘हामीले उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महसुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं। अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले समेत राजनीतिसँगै व्यापारलाई पनि अगाडि बढाएका हौं। जनतालाई राजनीतिक तरिका मात्र मन परेन त्यहीँ भएर जनताको लागि भनेर हामीले तरिका परिवर्तन गरेर उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं।’
‘सी व्यापार केन्द्र’मा विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया