बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
मंगलबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिलालयले जनाएको छ। बठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै छ।
बैठकमा सरकारका नियमित काम कारबाहीका अतिरिक्त सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने सचिवालयले जनायो।
ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि बोलाएका छन्। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया