बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपाजस्तो देशका लागि घाँडो हुने बताएका छन्।
मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे।
उनले भने, ‘मेरो फरक धारणा छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत? अमेरिकामा अहिले भागाभाग छ। बोल्यो कि पोल्यो हुन्छ।नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ।’
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने चर्चा गरे। उनले यसको समस्याको बारेमा थाहा नभए एउटा गोष्ठिको आयोजना गर्न आग्रह गर्दै आफूले सबै विवरण दिने बताए।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ। केही चाहिँदैन। कुनै पनि ठाउँ चाहिँदैन। विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस्। म सबै विवरण नै दिन्छु। म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया