बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपाजस्तो देशका लागि घाँडो हुने बताएका छन्।
मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे।
उनले भने, ‘मेरो फरक धारणा छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत? अमेरिकामा अहिले भागाभाग छ। बोल्यो कि पोल्यो हुन्छ।नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ।’
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने चर्चा गरे। उनले यसको समस्याको बारेमा थाहा नभए एउटा गोष्ठिको आयोजना गर्न आग्रह गर्दै आफूले सबै विवरण दिने बताए।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ। केही चाहिँदैन। कुनै पनि ठाउँ चाहिँदैन। विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस्। म सबै विवरण नै दिन्छु। म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया