बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मतगणना पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
मतपेटिका पेरिसडाँडा लैजाने विषयमा विवाद हुँदा मतगणना प्रभावित भएको थियो। भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा मतदान भएको चार दिनपछि मंगलबार साँझ मतपेटिका पार्टी केन्द्रीय कार्यालय पुर्याइएको थियो।
मंगलबार रातिदेखि उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना सुरु भएको थियो।
अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरूको मतगणना भइरहेको र सचिवको सकिएपछि क्रमशः उपमहासचिव, महासचिव, उपाध्यक्ष र अध्यक्षको मतगणना हुनेछ।
सात प्रदेशको मतगणना सकिँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ। सापकोटाले ४८५ पाउँदा राईले ४६१ मतले पाछ्याइरहेका छन्।
विवादित बनेको वाल्मीकिको ५२२ मत नै निर्णायक हुने देखिएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया