बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।
त्यस्तै रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भए लगत्तै संसद सचिवालयले सांसदबाट निलम्बन गरेको थियो।
परियारले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधिसभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधान विपरित छ। हामीले चाँडै न्याय पाउँछौं। उहाँ चाडैं संसद फर्किनुहुन्छ। त्यसैले हामी अहिले दलको उपनेताबाटै काम कारबाही अघि बढाउँछौं।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया