बिएल संवाददाता
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले शुक्रबारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनले भने,‘सरकारले सदनमा ल्याएर सबै कानुन व्यवस्थित बनाएर अगाडि बढाउनुको सट्टा सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ। त्यो प्रकृयाको हिसाबले पति गलत छ। त्यसैले सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए। यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियारलगायतका नेताहरूको सहभागिता थियो।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया