बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीका ठगलाई कारबाही अघि बढाइरहेको बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका ठगलाई कारबाही अघि बढाउँदा ‘रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम’ भन्दै प्रचार भएकोमा आपत्ति जनाए।
उनले भने, ‘हामीले राजनीतिक दिशा परिवर्तन गर्यौं, २०७९ को निर्वाचनको नतिजा जनताले सोचेजस्तो आएन। देशले एउटा बलियो स्थिरता खोजेको हो। ठगीलाई जोगाउन सरकार बनेको होइन, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ। तर गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन।’
उनले सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमालेलगायत अन्य दलमा आबद्ध मानिसहरूमाथि पनि मुद्दा चलिरहेको दाबी गरे।
उनले ६/६ महिनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको दाबी गरे। अस्थिरता मच्चाउँन विभिन्न शक्ति लागेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहेको उनको दाबी छ।
माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया