बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशको विरोध गर्ने अधिकार नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अन्य दल कुनै न कुनै समयमा सरकारमा र अध्यादेशको प्रक्रियामा सहभागी भएकोले विरोध गर्नु नौटंकी मात्र भएको बताएका हुन्।
उनले भने, ‘मलाई के लाग्छ भने यो संसदमा कसैले अध्यादेशको विरोध गर्ने अधिकार राख्छ भने जम्मा दुई जना माननीय प्रेम सुवा र योगेन्द्र मण्डलले मात्र राख्नुहुन्छ। उहाँहरूको आजसम्म सरकारमा सहभागिता छैन। त्यसदेखि बाहेक कुनै पनि दल कुनै पनि माननीयले अध्यादेशको प्रक्रियाको बारेमा विमती राख्नु नौटंकी मात्र हो।’
उनले माधव नेपालको नेकपा एसतर्फ लक्षित गर्दै उनले अध्यादेशबाट जन्मिएको पार्टीले पनि अध्यादेशको विरोध गरिरहेको भन्दै आलोचना गरे।
उनले भने, ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश गलत छ भन्दैछ। यो चैं बडा अचम्म लागिरहेको छ। अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठिक छैन भन्दैछ। यो के हुन लागेको हो नेपालमा? अचम्मै भइरहेको छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया