बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विपक्षी दलहरूले निराधार भ्रम फैलाउने काम गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन् गर्दै ओलीले विरोधीहरूले हावा कुरा गरेर सरकारका विरुद्ध भ्रम फैलाउने काम देख्दा सरकारको काममा कुनै आलोचना गर्ने ठाउँ रहेनछ भन्ने पुष्टि भएको दाबी गरे।
उनले भने, ‘म सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु। सरकारलाई गल्ती गर्नबाट रोक्न आलोचना, टिप्पणीहरूको आवश्यक्ता हुन्छ। र, प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ। तर, चरित्रहत्या गर्नका लागि कपोकल्पित, झुठा, निराधार कुराहरू गरेर गीत गाएर कुद्नु अनुचित छ।’
उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याए। उनले आफूले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौतीसमेत दिए।
उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छु- म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न। कसैको दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा कुनै पनि ठाउँमा कुनै पनि सन्दर्भमा एउटा कुरा ल्यावस्।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया