
बिएल संवाददाता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई समान मुद्दामा फरक-फरक व्यवहार गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले रास्वपा सभापति रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राख्दा एमाले-कांग्रेसका नेता र आफन्तलाई एक दिन पनि हिरासत नराखी रिहा गरिएको बताएका हुन्।
उनले भने, ‘एकजना पार्टीको अध्यक्ष ८४ दिन प्रहरी हिरासतमा बस्नुभयो। त्यही प्रकृतिको मुद्दामा, त्यो भन्दा पनि ठूलो सहकारीकै सञ्चालक भएका मानिसहरुले एकदिन हिरासित बस्नुनपर्ने तपाईँको पार्टीको मान्छेले? कानुन त सबैलाई बराबर लाग्नुपर्छ होला नी? एउटा मान्छेले अदालतसम्म पुग्नको लागि ८४ दिन हिरासत बस्नुपर्ने, अरु खुत्रुकै अदालतमा हाजिर भएर घर जान पाउने कस्तो व्यवस्था हो? यो पक्षपात र दुरुपयोग हो कि होइन?’
त्यस्तै उनले सरकारले रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको डण्डा चलाएकोमा स्वागत गर्दै अब हरू नेताहरूको पनि सम्पत्ति शुद्धीकरण हुनुपर्ने माग गरे।
उनले भने, ‘रवि लामिछानेको सम्पत्ति छानबिन हुनु हुन्न, शुद्धीकरण हुनुहुन्न भन्ने होइन। ठिक गर्नुभयो। तर, अब हामी अरु नेताको गर्नुपर्ने कि नपर्ने? प्रधानमन्त्रीको, प्रधानमन्त्रीको वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने? अरु पार्टीका नेताहरूको गर्नुपर्ने कि नपर्ने? गरौँ न।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया