बिएल संवाददाता
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन्।
शुक्रबार संसदबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी जरुरी भएपनि नियन्त्रण गर्ने कुरा भने गलत भएको बताए।
उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्नको लागि भनेर सरकारले जे विधेयक दर्ता गरेको छ त्यो विधेयकको विपक्षमा प्रष्ट रुपमा मैले बोलिसकेको छु, बोल्छु। सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी प्रबन्ध जरुरी छ, नियमन गर्ने कुरा सहि हो तर नियन्त्रण गर्ने तरिकाबाट आउने कुरा गलत हो। त्यसैले अहिले आएको विधेयकले प्रेसको स्वतन्त्रतालाई पनि निषेध गर्न खोजेको छ।’
यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याएको कुरा गलत भएको भन्दै नियमन गर्नको लागि विधेयक आएको उल्लेख गरे।
उनले भने, ‘मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याउँदैछ भन्ने जसरी प्रचार गरिरहनु भएको छ यो कुरा मिलेको छैन्। सरकारले वाक स्वतन्त्रतालाई वा मिडियालाई नियन्त्रण गर्नको लागि होईन नियमन गर्नको लागि विधेयकहरूको बारेमा छलफल चलाएको छ।’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया