बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले युवाहरूलाई गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका छन्।
सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत संगतले जिन्दगी बर्बाद हुने बताए।
उनले भने, ‘राम्रोको सङ्गत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ। नराम्रोको सङ्गत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ। यसले जिन्दगी बर्बाद बनाउँछ।’
उनले मौरी र झिंगाको उदाहरण दिँदै मौरीको संगल गरे फूलमा पुगिने तर झिंगाको संगतले फोहोरमा पुर्याउँने र अनेक प्रकारका रोग निम्त्याउँने बताए। उनले अरुको लहैलहैमा लागेर निर्णय लिनुभन्दा आफैंले बुझेर निर्णय लिँदा सफल भइने बताए।
उनले भने, ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ। झिंगाको साथ लाग्नुभयो भने फोहोरमा पुग्नुहुन्छ। मौरीले मह जस्तो औषधी दिन्छ। तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ। त्यसैले सचेत रहेर काम गर्नोस्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया