बिएल संवाददाता
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा जनार्दन शर्मा पक्षले पकट जमाएपछि अध्यक्ष प्रचण्ड निकट नेताहरू रुष्ट भएका छन्।
अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादीमा जनार्दन शर्मा गुटको जोडदार उदय भएको छ। अध्यक्षबाहेक अन्य पदमा शर्मा पक्षले बहुमत पकड बनाउँन सफल भएपछि हेडक्वार्टर निकट नेताहरू रुष्ट बनेका हुन्। उनीहरूले शर्मा गुटको प्रतिवाद गर्न लागेका हुन्।
माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सोमबार शर्मालक्षित फेसबुक पोस्ट गरेकी छन्। उनले नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाउँदै ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागि पर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका’ टिप्पणी गरिन्।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा असम्बन्धित मान्छे प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो। छानबिनका क्रममा सीसीटीभी फुटेज अनुसन्धान गर्दा अर्थ मन्त्रालयले तार मुसाले काटेको जवाफ दिएको थियो। उनले सोही प्रसंगलाई उल्लेख गरेकी हुन्।
उनले भनेकी छन्, ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लाग्नेलाई आम जनता र नेताकार्यकर्ताले राम्रोसँग चिनेका छन कि उ केवल समस्या हो। अप्ठ्यारो त हुदै हो र समाधान कहिल्यै होइन। इतिहास छर्लङ्गै छ त- प्रचण्ड विचार हो आन्दोलन हो नेतृत्व हो र समाधान पनि त हो।’
उनको स्टाटस जस्ताको त्यस्तै-
पार्टी नेतृत्वका विरुद्ध आफ्ना मुखपत्र परिचालन गर्ने, सकेजति मिडिया ट्रायल गर्ने र गुटका नाममा भोज भतेर गर्नेले पार्टी बनाउने गरि नौजवानहरूको ग्यादरिङ गरेको नि देख्न पाइयोस न कतै, खोइ त? देखिदैन कतै! मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लाग्नेलाई आम जनतार नेता कार्यकर्ताले राम्रोसँग चिनेका छन कि उ केवल समस्या हो अप्ठ्यारो त हुदै हो र समाधान कहिल्यै होइन। इतिहास छर्लङ्गै छ त प्रचण्ड विचार हो आन्दोलन हो नेतृत्व हो र समाधान पनि त हो। भोज भतेरी उनलाई कसैले बुझाइ दिउ आन्दोलन चल्न त स्पष्ट मार्गनिर्देशन सहितको नेतृत्व र सु-विचारित संगठन चाहिन्छ। खै र रात्रीभोजले चल्ने त गुट र कटेरी मात्रै हो नि। घटनाक्रमले आफै पुष्टि भएका छैनन र? खोइ बुझेको??
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया