बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले पाथीभरा (मुकुमलुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवादका बारेमा कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरूसँग छलफल गरेका छन्।
मंगलबार बिहान जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले विवादको कारण र समाधानका उपायबारे छलफल गरेका हुन्। जिल्ला सभापतिहरूले गृहमन्त्रीलाई संवादका माध्यमबाट विवाद समाधान गर्नुपर्ने सुझाव दिएका गृहमन्त्रालय स्रोतले बतायो।
यता सरकारी वार्ता टोलीले र आन्दोलनरत पक्षसँग वार्ता सुरु गरिसकेको छ। सोमबार साँझ भएको वार्ता निष्कर्षविहिन भएपछि मंगलबार फेरि वार्ता हुँदैछ।
गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए।
‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया