बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने र सुरुमै बाेल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो। सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन्।
संसदमा दर्ता भएका अध्यादेश, आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिइन्। ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ। संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषय थिए', डाँगीले भनिन्, 'अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा र सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौँ।'
रास्वपाले संसदमा दर्ता गरेको अध्यादेश अस्वीकारको सूचनामा बोल्ने सांसदहरू नाम पनि टुंगो लगाएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया