
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने र सुरुमै बाेल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो। सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन्।
संसदमा दर्ता भएका अध्यादेश, आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिइन्। ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ। संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषय थिए', डाँगीले भनिन्, 'अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा र सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौँ।'
रास्वपाले संसदमा दर्ता गरेको अध्यादेश अस्वीकारको सूचनामा बोल्ने सांसदहरू नाम पनि टुंगो लगाएको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया