बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार ढाल्छु नभनेको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सत्तारुढ दलबीच एकअर्कामा विश्वास नरहेकोले आफ्नो बोझले आफैं ढल्ने दाबी गरे। उनले वर्तमान सरकार अप्राकृतिक र अपारदर्शी रहेको दाबी गरे।
उनले भने, ‘मैले यत्ति भन्ने गरेको छु, यो सरकार प्राकृतिक छैन, संवैधानिक पनि छैन, पारदर्शी पनि छैन। यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो। ढाल्छु कहिले पनि भनेको छैन। हाम्रो कारणले तपाईँहरूले एकअर्काको कुर्सी मिलाइराख्नु पर्दैन। एकै ठाउँमा राखेर हामी एक छौं भन्ने देखाइराख्नु पर्दैन। प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताको कुर्सी मिलाइराख्नु पर्दैन।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शेरबहादुर देउवालाई समय अगावै कुर्सी हस्तान्तरण गर्छु भनेको भन्यै गरेको भन्दै यसले सत्तारुढ दलबीच विश्वास नरहेको पुष्टि गर्ने दाबी गरे।
उनले देउवाको कान र आँखा तगडा रहेको भन्दै सँधै एकै कुरा दोहोर्याउँन आवश्यक नरहेको व्यंग्य गरे।
उनले भने, ‘तपाईँहरूबीच साँच्चै विश्वास भएको भए हरेक ठाउँमा म शेरबहादुरजीलाई समयमै छोड्छु किन भनिरहनुपर्ने? के शेरबहादुरजीले सुन्नु हुन्न र? शेरबहादुरजीको कान र आँखा तगडा छन्। म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु धेरै पटक भन्न पर्दैन।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया