बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्।
रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।
दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।
उनले भनेका छन्, ‘इन्डियामा लामो समयदेखी पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ।नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका व्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा, नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ।
बस्नेत अन्त्यमा भन्छन्, ‘बालेन्द्र र हर्केको कुरै नगरौं।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया