बिएल संवाददाता
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारबाट सुरु भएको छ।
महाधिवेशनको उदघाटन सत्रमा बाबुरामले पुराना दलहरूलाई बहिष्कार गरेका छन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत दलका नेताहरूलाई निम्तो गरिएको छैन। नयाँ र वैकल्पिक पार्टीका नेताहरूलाई मात्र निम्तो दिइएको छ।
उदघाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटालगायत नेताहरू सहभागी भएका छन्।
काठमाडौंस्थित प्रज्ञा-प्रतिष्ठानमा आइतबारबाट सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्ने बताइएको छ।
एक हजार पाँच सय प्रतिनिधि सहभागी महाअधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने पार्टीले जानकारी दिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया