बिएल संवाददाता
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारबाट सुरु भएको छ।
महाधिवेशनको उदघाटन सत्रमा बाबुरामले पुराना दलहरूलाई बहिष्कार गरेका छन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत दलका नेताहरूलाई निम्तो गरिएको छैन। नयाँ र वैकल्पिक पार्टीका नेताहरूलाई मात्र निम्तो दिइएको छ।
उदघाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटालगायत नेताहरू सहभागी भएका छन्।
काठमाडौंस्थित प्रज्ञा-प्रतिष्ठानमा आइतबारबाट सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्ने बताइएको छ।
एक हजार पाँच सय प्रतिनिधि सहभागी महाअधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने पार्टीले जानकारी दिएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया