बिएल संवाददाता
प्रतिनिधिसभामा सभामुखले गलत नाम उच्चारण गरेपछि सांसदले प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ज्ञानबहादुर कार्कीको नाम गलत उच्चारण गरेपछि उनले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए।
त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।
उनले भने, ‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु।’
सभामुखलाई ध्यानाकर्षण गराएपछि कार्कीले आफ्नो विषय संसदमा राखेका थिए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया