बिएल संवाददाता
प्रतिनिधिसभामा सभामुखले गलत नाम उच्चारण गरेपछि सांसदले प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ज्ञानबहादुर कार्कीको नाम गलत उच्चारण गरेपछि उनले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए।
त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।
उनले भने, ‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु।’
सभामुखलाई ध्यानाकर्षण गराएपछि कार्कीले आफ्नो विषय संसदमा राखेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया