बिएल संवाददाता
जसपा नेपालले संघीय संसदका दुवै सदनबाट भूमिसम्बन्धि अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकार अप्ठ्यारोमा परेको छ।
उपेन्द्रको निर्णयबारे छलफलका लागि सत्ता गठबन्धनका मुख्य घटकहरू नेपाली कांग्रेस र एमालेका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बोलाइएको छ। बैठकमा सहभागी हुन नेताहरू बालुवाटारमा जमघट हुन थालिसकेका छन्।
प्रतिनिधिसभामा बहुमत भएपनि अध्यादेश पारितका लागि राष्ट्रिय सभामा जसपा नेपालबीना बहुमत नपुग्ने भएपछि अध्यादेश पारितका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले एक्लाएक्लै वार्ता गरेर उपेन्द्रलाई मनाउँने प्रयास गरेका थिए।
उपेन्द्रले पनि अध्यादेशलाई समर्थन गर्ने सर्तमा मन्त्रालयमा भागबन्डा खोजेको पनि चर्चा चलेको थियो। तर, मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले ५ अध्यादेशमा समर्थन गरेपनि एउटामा गर्न नसक्ने निर्णय गरेको थियो।
यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया