
बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनयुद्धलाई धनयुद्धको संज्ञा दिएका छन्।
उनले सामाजिक संजालमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दशकौं सत्ता र शक्तिमा बसेर माखो मार्न नसकेको गम्भीर आरोप लगाएका हुन्।
‘राष्ट्रलाई तहसनहस बनायौ। भन्छौ अझै भष्म खरानी बनाउँछु। दशकौं सत्ता र शक्तिमा बस्यौ। माखो मार्न सकेनौ। छि-छि तिमी साह्रै गनायौ।’ शाहीले कविता शैलीमा भनेका छन्।
जनयुद्ध दिवसका अवसरमा आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको विरोध गर्नेहरू खरानी हुने चेतावनी दिएका थिए। प्रचण्डको चेतावनीमा शाहीले जवाफ फर्काएका हुन्।
उनले थपेका छन्, ‘देशका लागि लडेर मर्ने मरिसके। बाँचेका खाडीमा बेल्चा हान्दैछन्। तिम्रो जनयुद्ध धनयुद्ध भयो। क्रान्तिकारी नामधारीहरू सुनको महलमा बसेर मिठो सुस्केरा हाल्दैछन्।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया