बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी गरेका छन्।
शनिबार बालुवाटारमा बसेको सत्तापक्षीय बैठक पश्चात पत्रकारहरूसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकारात्मक रुपमा नै निष्कर्षमा पुगेको दाबी गरेका हुन्।
उनले भने, ‘सरकारले जारी गरेका अध्यादेश अहिले संघीय संसदका दुवै सदनमा दर्ता भएका छन्। ती अध्यादेशहरू संघीय संसदको दुबै सदनमा स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रीत भएर छलफल भएको छ। समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन्। मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल सकरात्मक रुपले निष्कर्षमा पुगेको छ।’
उनले अध्यादेश पास हुने प्रकियामा अगाडि बढाउन अन्य नेताहरूसँग पनि फोन संवाद भएको जानकारी दिए।
‘अध्यादेश पास हुने प्रकियामा अगाडि बढ्छ। सबै राजनीतिक दलहरू सहमत भएका छन्। बहुमतको साथ अब चाँडै अघि बढ्छ। जसपा नेपालका माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा वार्ता भएको छ। सहमतिअनुसार अध्यादेश स्वीकृतको गर्छौ। सम्भवत फागुन ६ गते सभामा प्रस्तुत हुन्छ। अध्यादेशहरू प्रतिस्थापन हुन्छ, भूमिसम्बन्धी अध्यादेशमा पनि प्रतिस्थापन हुन्छ।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया