बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेशमा चल्ने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए।
उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो। केपी बाको पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको निजी आदेश मात्र चल्छ। उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ। अरु कुनै विकल्प छैन्। त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन्।’
पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ-गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया