बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टीको असहमतीपछि सरकारले भूमिसम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ।
पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन्।
उनले सत्ता गठबन्धन अध्यादेशलगायत सम्पूर्ण चुनौती एक ढिक्का भइ सामना गर्न सहमत भएको बताए।
लोसपा नेपालले उठाएको महत्वपूर्ण विषयहरू- मधेशमा रहेको भूमिहीन नागरिकहरू मुसहर, डोम, हलखोर, चमार, दुसाध, संथार, राजवंशी, राणा थारूलगायतको भूमि तथा आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्रको संरक्षण, चूरे संरक्षण, जैविक विविधताको जगेर्नालगायतको कुराहरूलाई कार्यदलले समेटने कुरामा विश्वस्त भएर नै सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल आगाडि नबढाउने निर्णय सत्ता गठबन्धनले गरेको उनले जानकारी गराए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया