बिएल संवाददाता
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तर हुँदैछ।
संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समूह ८ मा रहेका सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।
त्यस्तै, संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया