बिएल संवाददाता
जनमत पार्टीका पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा सांसद अब्दुल खानलाई रौतहटको गौरमा हतियारधारीहरूले सुरक्षा दिएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
प्रतिनिधि सभाको उद्योग समितिका सभापतिसमेत रहेका खान आफैंले पोज-पोजमा तस्बिर खिचाइरहेको भिडियोमा देखिन्छ। उनीसँगै थिए जनमतका रौतहट जिल्ला इञ्चार्ज शेष जमसेद।
ती तस्बिरहरू गौर नगरपालिकाको सबगढास्थित जमसेदकै घरमा खिचिएको खुलेको छ। जमसेद आफैंले सामाजिक सञ्जालमा सानका साथ पोस्ट गरेका तस्बिरमाथि प्रहरीले अनुसन्धान थालेपछि उनले तस्बिरहरू हटाइसकेका छन्।
उक्त तस्बिर भाइरल भएपछि रौतट प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले लाइसेन्स प्राप्त हतियारको प्रमाण पेस गरेपछि सम्झाइबुझाइ गरेर छाडिएको प्रहरीले जनायो।
यस विषयमा बुझ्न खोज्दा जनमतका एक नेताले नाम नबताउने सर्तमा भने, ‘४/५ दिनअघिको कुरा रहेछ। लाइसेन्स प्राप्त बन्दुक भन्ने बुझेको छु। तर पनि सार्वजनिक पदमा बसेका व्यक्तिले यसरी प्रदर्शन गर्दै हिँड्न मिल्दैन। हाम्रो पार्टीमाथि त्यसै पनि विभिन्न लान्छना लगाउने गरिएको छ। जसले गरेपनि यो अनैतिक हर्कत हो।’
पोज-पोजमा तस्बिर र भिडियो खिचाउँने आफ्ना नेतामाथि कारबाही हुन्छ कि हुँदैन? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कारबाही गर्नुपर्ने तहको कुरा होइन। प्रहरीले नै सोधपुछ गरेर छोडिसकेको छ। यो मात्र नैतिकतासँग जोडिएको विषय भएकोले उहाँहरूले आफैं बुझ्नुपर्ने कुरा हो।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया