बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाईंलाई के लाभ भयो? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोशित भए।
उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन्।
उनले भने, ‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन? ‘युवा विदेश पठाएर’ जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईंले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’
सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डीमार्फत खुलेआम कालोधनसँग मिलन भइरहँदा तपाई किन मौन बस्नुभयो? विदेशमा तिनीहरूले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो? अहिलेको शताब्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभयो? जस्ता प्रश्नहरू प्रधानमन्त्रीलाई गरेका थिए।
‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरूको संख्या कति छ? उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ? ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो? खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने? सक्षम कि असक्षम?
‘झण्डै ७० लाख भन्दा बढी नेपाली युवा अहिले वैदेशिक रोजगारीमा छन्। श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ। मेरो प्रश्न छ। नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डीमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो? संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन?’ उनको प्रश्न थियो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया